
बैंकिङ खबर/नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हिमालयन रि–इन्स्योरेन्स कम्पनीले पाएको छ । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीका लागि आवेदन दिएका पाँच कम्पनीमध्ये हिमालय रि–इन्स्योरेन्सलाई लाइसेन्स दिने निर्णय गरेकाे हाे ।
नयाँ कम्पनीका लागि हिमालयनसँगै प्रुडेन्सियल रि–इन्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स, काठमाडौं रि–इन्स्योरेन्स र जेन्युन रि–इन्योरेन्सले निवेदन दिएका थिए । अहिलेसम्म नेपालमा नेपाल पुनर्बीमा कम्पनी मात्रै रहेकोमा अब अर्को पनि थपिने भएको हो ।
लाइसेन्स प्राप्त गरेको हिमालयन पुनर्बीमा कम्पनीमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारका, पूर्वअध्यक्ष भवानी राणा, नेपाल परिसङ्घका अध्यक्ष सतीशकुमार मोरसहित विभिन्न ठूला व्यापारिक घरानाको लगानी रहेको छ ।


