Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेशनल लाईफ इन्स्योरेन्सको सीइओमा सुरेश खत्री नियुक्त

२०७८ जेष्ठ ३ गते

बैंकिङ खबर/नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्रीको नियुक्तीलाई नियमनकारी निकाय बीमा समितिले स्वीकृत प्रदान गरेको छ।कम्पनीको संचालक समिति बैंठकले प्रमुख कार्यकारी अधिकृतमा खत्रीलाई नियुक्त गर्न सिफारिस गरी बीमा समितिसँग सैद्धान्तिक सहमतीको लागी पठाएको थियो।

गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधी सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो। बैङगलोरबाट एमबिए गरेका खत्रीकाे बिमा क्षेत्रमा करिब साढे दुई दशकको कार्य अनुभव रहेको छ ।