
बैंकिङ खबर/ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.ले कोरोना संक्रमित आफ्ना ग्राहकसदस्य तथा सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ ।
संस्थाले विभिन्न शाखाहरुमा आबद्घ कोरोना संक्रमित सदस्यहरुलाई रु.३ लाख २५ हजार रुपैयाँ बराबरको नगद सहयोग वितरण गर्नुका साथै लमजुङस्थित सर्वोदय सेवा आश्रममा रु.२५ हजारबराबरको खाद्यान्न तथा आवश्यक भाँडा कुँडा वितरण वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले गर्नुभएको थियो ।
संस्थामा हाल १,२४,९४७ जना सदस्य रहेका छन् भने संस्थाको ऋण लगानी ६ अर्ब २० करोड तथा सदस्यहरुको बचत २ अर्ब ५ करोड रहेको छ ।
वित्तीय संस्थाले पोखरामा रहेको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरीयहि बैशाख ८ गतेबाट एकीकृत कारोबार शुरु गरेको हो ।
हाल संस्थाले सातै वटै प्रदेशमा १०२ वटा शाखा मार्फत सेवा दिँदै आएको छ । सहयोग वितरण कार्यक्रममा बोल्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जोशीले, वित्तीय संस्थाले विगतमा पनि सामाजिक उत्तरदायित्वअन्र्तगतयस किसिमका सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिइने बताउनुभयो ।


