‘क्यासलेस कारोबार’ र डिजिटल नेपालको सपनालाई सार्थक बनाउँदै एससीटी

बैंकिङ खबर । त्यसो त कोभिडका कारण पछिल्लो समय क्यूआर कोडको प्रयोग बढेको छ । केन्द्रीय बैंक तथा अन्य विभिन्न बैंकवित्तले पनि यसलाई फोकस गर्दै आएका छन् । क्युआर सिष्टमको प्रयोग विशेषगरी क्यासलेस कारोबारलाई सार्थक बनाउनुका साथै सहजीकरणमा उत्तिकै महत्वपूर्ण मानिन्छ । यो प्रसासलाई सघाउन विभिन्न कम्पनीहरु अघि बढेका छन् । अहिले सबै क्युआरलाई एकीकृत गरेर कारोबारमा सहजीकरण गर्नका लागि एससिटी कम्पनीले डिजिटलाइजेशनमा नयाँ युग निर्माणको सुरुवात गरेको छ ।

स्मार्ट चोइस टेक्नोलोजी (एससिटी) लिमिटेड नेपालको एक मात्र स्वदेशी डेबिट तथा प्रिपेड कार्ड सेवा दिने कम्पनी हो । सन् २००३ मा एससिटी कार्ड सुरु गरेको यो संस्थाले हाल अत्याधुनिक कार्डसहित डिजिटल भुक्तानीका अन्य माध्यमहरूमार्फत गुणस्तरीय सेवा दिँदै आएको छ । डिजिटलाइजेसनको क्षेत्रमा १८ वर्षदेखि निरन्तर काम गरिरहेको यो संस्था नवीन खोज–अनुसन्धानमार्फत बैंकिङ सेवालाई सरल, सहज र अत्याधुनिक प्रविधिसम्पन्न बनाउन अग्रसर छ । कम्पनीले क्यूआर पेमेन्टको प्रयोग पहुँच बढाउनका लागि विभिन्न क्यूआर कोड पेमेन्ट प्लेटफर्म सञ्चालकहरूको बीचमा एकीकृत र इन्टर अप्रेभल कारोबार लाई पहिलो प्राथमिकतामा राखेको छ । पछिल्लो समय क्यासलेस कारोबारको उद्देश्यलाई सार्थकता दिनका लागि कम्पनी सक्रिय रहेको छ । डिजिटल नेपालको नारालाई यसले थप सहयोगी बनाएको छ भने सर्बसाधारणमा सहज, सरल र सुलभ भुक्तानी प्रकृयालाई आम नेपालीको पहुँचमा पुर्याउन अहिलेको व्यवस्थापन लागिपरेको छ । त्यसो त कम्पनीमा नेपालका ठुला व्यापारिक घरानाहरुका अलावा वाणिज्य बैंकहरूमा हिमालयन बैंक, एभरेष्ट बैंक, प्रभु बैंक, ग्लोबल आईएमई, मेगा बैंक, नविल बैंक, एनएमबि बैंक यो नेटवर्कका सदस्य छन् भने आईएमई–पे, प्रभु–पे, क्यू–पे, प्रभु ग्रुप, आइएमई ग्रुप आबद्ध छन् । क्युआर कोडलाई एकीकृत गर्नका लागि सबैको भुक्तानी एउटै क्युआरमार्फत गरौँ भन्ने प्रयासमा अघि बढेको कम्पनीले पछिल्लो समय आफ्नो नेटवर्कलाई निकै बढाएको छ । कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दीपेश मास्के भन्छन् – ‘यस अभियानमा सेवाप्रदायकबीचको अस्वस्थ प्रतिस्पर्धा हटाउनुपर्छ, एकै ठाउँमा लहरै ९–१० वटा क्युआर राख्दा अनावश्यक लागत बढ्छ, आखिर सबैले एउटै काम गर्ने हुन् र जुनको जुनमा चलाए पनि मिल्छ । त्यसैले अस्वस्थ प्रतिस्पर्धा रोक्नुपर्छ ।’ मास्केका अनुसार एउटै क्यूआर पेमेन्टबाट सबै क्यूआर पेमेन्ट हुने सिष्टमकै लागि एससिटि लागीपरेको छ ।

भुक्तानी सेवा अपरेटर (पीएसओ)को रूपमा नेपाल केन्द्रीय बैंकबाट इजाजत लिएर कारोबार शुरू गरेको एससिटिले विभिन्न वाणिज्य बैंकहरू, विकास बैंकहरू, वित्त कम्पनी तथा पीएसपी (भुक्तानी सेवा प्रदायक) र नेपालका अन्य वित्तीय संस्थाहरूलाई विभिन्न प्रकारका कार्डहरू र भुक्तानी प्लेटफर्म प्रदान गरिरहेको छ ।

एससीटीले आफ्नो सेवा र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायकहरु चीनको युनियन पे इन्टरनेशनल, अमेरिकाको पल्स नेटवर्क र भारतको एफएसएससँग सहकार्य गरी काम गरिरहेको छ । स्मार्ट क्यूआर एउटा एकीकृत र इन्टर अप्रेभल (अन्तर संस्था कारोबार) क्यूआर पेमेन्ट प्लेटफर्म हो । यसमा बैंक, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकहरू आवद्ध छन् । जसले छोटो समयमा क्यूआर पेमेन्ट र मर्चेन्ट नेटवर्क खडा गरी डिजिटल पेमेण्ट सञ्जाल बनाउन सफल भएको छ ।

सबै ‘क्युआर कोड’लाई एकै ठाउँमा आबद्ध गर्नु आबश्यक छ

दीपेश मास्के
निमित्त प्रमुख कार्यकारी अधिकृत, एससिटी

हामीले जतिवेला एससिटी कार्ड सुरु गर्‍यौँ (सन् २००३) त्यतिवेला बैंक तथा वित्तीय संस्थाहरूले कार्ड सञ्चालन गर्न पूर्ण रूपमा विदेशी कम्पनीमा निर्भर हुनुपर्ने अवस्था थियो । त्यतिवेला सबै बैंकले त्यो स्तरको प्रविधि र खर्च धान्न निकै गाह्रो थियो । त्यसैले थोरै बैंकले मात्र कार्ड सुविधा दिइरहेको अवस्था थियो । त्यसमाथि पनि जुन बैंकको कार्ड हो, त्यही बैंकको एटिएममा मात्र चल्ने अवस्था थियो । २००३ पछि हामीले नेपालभित्रै यस्ता कार्ड उपलब्ध गराउने, देशका सबै बैंकका बीचमा एउटा बैंकको एटिएमबाट अर्को बैंकको एटिएममा ट्रान्जेक्सन गर्न मिल्ने बनायौँ ।

भिजा, मास्टर कार्ड र एससिटीमध्ये एससिटी एउटा लोकल ब्रान्ड हो । भिजा र मास्टर कार्ड विदेशी ब्रान्ड हुन् । यी सबैले गर्ने काम एउटै हो । भिजाबाट पनि एटिएम, पस, ई–कमर्सको ट्रान्जेक्सन गर्छौं भने एटिसी कार्डबाट पनि त्यस्तै ट्रान्जेक्सन गर्छौं । समग्रमा भन्नुपर्दा ग्लोबल ब्रान्ड भएकाले उहाँहरूको वैश्विक पहुँच (ग्लोबल रिच) छ । यदि हामीलाई वैश्विक पहुँच बनाउनु छैन र नेपालभित्र मात्र त्यो कार्ड चलाउनु छ भने यसमा नामबाहेक कुनै पनि भिन्नता छैन । भिन्नता ग्लोबल ब्रान्ड र डोमेस्टिक ब्रान्डको मात्र हो, कामको होइन ।

अहिले डोमेस्टिकबाट हामी पनि अन्तर्राष्ट्रिय स्तरमा चल्ने बनाउँदै छौँ । अहिले भारतमा हाम्रो एससिटी कार्ड चल्छ, बाँकी विश्वमा पनि चलाउन काम भइरहेको छ । हामी डलर कार्ड पनि ल्याउँदै छौँ । कार्डलाई विभिन्न फिचरमा ग्राहकको आवश्यकता र सुविधाको हिसाबले परिष्कृत र उपयोगी बनाउँदै जानेछौँ ।

डोमेस्टिक कार्ड वा डोमेस्टिक पेमेन्ट सिस्टमलाई प्रोत्साहन गरियो भने वा नियमनको दायरामा ल्याइदिएमा हामीलाई काम गर्न निकै सजिलो हुन्छ । हामीले यो विचार अहिले होइन, स्थापनाकालदेखि नै उठाउँदै आएका हौँ । पहिले हामीलाई काम गर्न निकै सजिलो भयो किनभने बैंक तथा वित्तीय संस्थाहरू धेरै साना थिए, सबैले विदेशी ब्रान्ड र प्रविधि भित्र्याउने क्षमता राख्दैनथे । त्यसले उहाँहरूलाई कार्ड सञ्चालन गर्न स्वदेशी विकल्प अति उपयोगी भएको थियो । पछि बैंक तथा वित्तीय संस्थाहरू ठूला हुँदै गए, एकअर्कामा मर्ज हुँदै गए । त्यसपछि उनीहरूको विदेशी ब्रान्ड भित्र्याउने क्षमता वृद्धि भयो । त्यसले हामीलाई प्रतिस्पर्धा गर्न गाह्रो हुँदै गयो । हाम्रो मानसिकता पनि त्यस्तै छ, समान गुणस्तरको विदेशी र स्वदेशी सामानमा एक–दुई हजार महँगो तिरेर पनि विदेशी नै रोज्ने चलन छ । काम एउटै हो, तर यहीँ, हाम्रो छिमेकमै बनेको चप्पलभन्दा हामी त्यही गुणस्तरको विदेशबाट आएको चप्पललाई हजार–पन्ध्र सय बढी नै तिरेर किन्छौँ । यसको अर्थ हामी सामानको गुणस्तरलाई नभएर ब्रान्डलाई हेर्छौं । ‘नजिकको तीर्थ हेला’ गर्ने मानसिकताले समस्या ल्याएको छ ।

हाम्रो काम ग्राहकको सुविधालाई ध्यानमा राखेर ग्राहकलाई सेवा दिने बैंक तथा वित्तीय संस्थाहरूलाई बहुआयामिक प्लेटफर्म दिने हो । अन्तिम उपभोक्ता वा ग्राहकसित हाम्रो प्रत्यक्ष सम्पर्क हुँदैन । हाम्रा ग्राहक भनेका वित्तीय संस्था, वालेट भेन्टर, पेमेन्ट सर्भिस प्रोभाइडर (पिएसपी) लगायत हुन् जसले आम ग्राहकलाई सेवा दिन्छन् । हामीले उहाँहरूलाई यस्तो प्लेटफर्म दिने हो जसले गर्दा उहाँहरूले होल डिजिटल वा क्यासलेस इकोसिस्टममा लान सक्नुहुन्छ । त्यसको प्रवर्धक हामी हौँ । यही क्रममा हामीले चारवटा चिजलाई एकै ठाउँमा ल्याउने कोसिस गरिरहेका छौँ । पहिलो कार्ड हो जसका विभिन्न फिचर छन् । कार्डलाई कार्डलेसमा पनि परिवर्तन गर्न सकिन्छ । कार्डलाई मोबाइल फोनमा स्टोर गर्न सकिन्छ र फोन देखाएर भुक्तानी गर्न सकिन्छ । यो सुविधा प्रवधर्नमा हाम्रो सोच अघि बढेको छ । हामीले बैंक तथा वालेटहरूलाई क्युआर कोड उपलब्ध गराइरहेका छौँ । हामीले बैंकलाई चाहिने अरु डिजिटल बैंकिङ जस्तै मोबाइल बैंकिङ, ई–बैंकिङ, सेल–बैंकिङलागयत सेवालाई पनि विस्तारै अगाडि सारिरहेका छौँ । त्यही सर्भिसलाई प्रयोग गरेरै ग्राहक क्यासलेस सोसाइटीतर्फ जाने हो । अर्को भनेको हामीले एग्रिगेटरका रूपमा एमपिएलाई लिएका छौँ । हामीले कार्ड, क्युआर, डिजिटल बैंकिङ र पेमेन्ट एग्रिगेटरलाई एउटा इकोसिस्टममा राखेर काम अगाडि बढाइरहेका छौँ । यी चारको इकोसिस्टमले एउटा बैंक, वित्तीय संस्था वा भुक्तानी सेवाप्रदायकलाई चाहिने होल सर्भिसलाई यसले धान्छ भन्ने हामीले सोचेका छौँ ।

हामीले डिजिटल इकोसिस्टमलाई नेपाल सरकार, राष्ट्र बैंक, हामीजस्ता संस्था सबै मिलेर कुनै न कुनै फर्ममा अगाडि बढाइरहेका छौँ । हामीले यसलाई जुन गतिमा बढाइरहेका छौँ, त्यसमा प्रतिस्पर्धाको भावनाभन्दा पनि ग्राहकको चेतनामा केन्द्रित हुनुपर्ने आवश्यकता छ ।

‘कोरोना महामारीमा स्मार्ट क्युआरले धेरै नै सहज भएको छ’

सविन मुनिकर
चामती स्टोरका सञ्चालक
हाम्रो चामती स्टोर छ । अहिले कोरोनाको महामारी छ । यस्तो बेलामा दिउँसो र साँझ पसलहरु ठप्प छ । हामी बिहान १० बजेसम्म मात्र स्टोर सञ्चालन हुँदै आएको छ । अहिले बिहान स्टोर सञ्चालन हुने हुँदा स्मार्ट चोइस टेक्नोलोजी (एससिटी) लिमिटेडको स्मार्ट क्युआरले धेरै नै सहज भएको छ । निषेधाज्ञामा यसको प्रयोग छ । अझ यसले केहि समयअघि अफर ल्याएको थियो । त्यस्तो बेलामा धेरै नै प्रयोग भएको थियो । त्यो बेला धेरै प्रयोगकर्ता थिए । अहिले लकडाउन छ । तर पनि यसको प्रयोगकर्ता भने घटेका छैनन् । कोरोनाका कारण बिहान मात्र स्टोर खोलिन्छ । बिहान पनि यसको प्रयोग गर्ने छन् । दैनिक १०/११ जना यसको प्रयोग गर्ने हुन्छन् । कोरोनाको यो महामारीमा धेरै नै सहज भएको छ । 

यसले गर्दा क्यासलेस कारोबार भइरहेको छ । मान्छेसँग क्यास पैसाको कारोबार भएन । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तिमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकीकृत गर्न सक्ने गरी यस कम्पनीले ल्याएको स्मार्ट क्युआर सञ्चालनबाट धेरै नै सहज भएको छ । यसमा अझ अफरहरु ल्याउन सके यसको प्रयोगकर्ताहरु बढ्ने देखिन्छ । स्मार्ट क्युआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो भएको छ ।

क्यूआर कोड के हो ?

क्यूआर कोडको पुरा रुप क्विक रेस्पोन्स कोड हो । कोड राखिएका कुनै पनि किसिमको जानकारीमा विश्वसनीय र तीव्र गतिमा पहुँच दिने हुँदा यो आज हरेक वस्तु तथा सेवामा प्रयोग भइरहेको छ ।

जापानको अटोमोबाइल उद्योगमा पहिलोपटक प्रयोग भएको यो प्रविधि आज मोबाइल मार्केटिङको रुपमा विश्वभर विस्तार भइरहेको छ । जुन नेपालमा पनि भित्रिएको छ ।

सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्यूआर कोडमा ब्राण्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता भएको प्रविधिले पहिचान गर्न सक्छ ।

क्यूआरकोड एप्लिकेसमा आइटम पहिचान, ट्रयाकिङ तथा समय र दस्तावेज व्यवस्थापन आदी कुराहरु पर्दछन् । अझ स्मार्टफोनमै क्यूआर कोड स्यानरको सुविधा आउन थालेदेखि यो प्रविधि अझ सजिलो र सुविधाजनक भएको छ ।

तपाईंले मोबाइलमा थर्डपार्टी क्यूआर कोड रिडर एप्लिकेसन इन्स्टल गर्न सक्नुहुन्छ । साथै गुगलले पनि यूआरएललाई सजिलै क्यूआरकोडमा परिवर्तन गर्न क्यूआर कोड जेनेरेटर प्रदान गरिरहेको छ । प्रयोगकर्ताहरुले सजिलै क्यामेरा एप खोलेर कोडमा फोकस गरेर प्रडक्ट सम्बन्धि सम्पूर्ण जानकारी तत्काल हासिल गर्न सक्छन् ।

कहाँ, कहाँ प्रयोग गर्न सकिन्छ ?

रेस्टुरेन्टदेखि हस्पिटालिटी, सरकारदेखि सुरक्षा सम्बन्धि सूचना, जानकारी तथा सामग्री सबैमा सजिलै एक्सेस पाउन क्यूआरकोड सजिलो माध्यम बनेको छ ।

एसिया प्यासेफिक क्षेत्रमा सबै किसिमका कस्टमर ब्राण्डका लागि क्यूआरकोड एउटा सर्वोपरी प्रबन्ध बनिसकेको छ ।
क्यूआर कोड प्रविधि सेवा तथा वस्तुको सजिलो र विश्वसनीय पहुँचको बाटो मात्र होइन, कम्पनीहरुका लागि आफ्नो ब्राण्ड स्टोरी सुनाउने माध्यम समेत बनेको छ ।

दैनिक अर्बौं मानिसहरु मोबाइल पेमेन्ट सेवा प्रयोग गर्छन् । उनीहरुले आफ्ना सबै किसिमका ईकमर्स, सोसल मिडिया तथा मोबिलिटी सर्भिसहरु एउटै सुपर एपभित्र समेटेर राखेका छन् ।

क्युआर कोडका फाइदा
क्युआर कोड प्रयोगका धेरै फाइदा छन् । यसमा विद्युतीय माध्यमबाट कारोबार हुन्छ । कागजी नोटको प्रयोगमा राज्यको खर्च हुन्छ । हामीले हजार रुपैयाँको नोट छाप्दा झन्डै साढे तीन रुपैयाँ लाग्छ । एक रुपैयाँको सिक्का छाप्न दुई रुपैयाँ खर्च गर्नुपर्छ । क्युआर कोडको प्रयोगले यो खर्च बचत हुन्छ । त्यसैगरी, यसले नोट धुलो–मैलो हुने समस्याबाट पनि बचाउँछ ।

यसले उपभोक्ता र सेवाप्रदायक दुवैको समय बचत गर्छ । यो प्रणालीको प्रयोगले केही सेकेन्डमै पैसा लेनदेन हुन्छ, जसले समय बचाउँछ ।यो प्रणलीमार्फत गरिने कारोबार अत्यन्तै पारदर्शी हुन्छ । यसमा लुकीछिपी कोही–कसैले दुई नम्बरी काम गर्ने सम्भावनै हुँदैन । यसमा तपाईंले गरेको कारोबार रेकर्डमै देखिन्छ ।

कोभिडका कारण हामीले जुन समस्या भोग्नुप¥यो, त्यसको हल यही प्रविधिको प्रयोगमा छ । यसमा त्यस्ता समस्या आउँदैनन् । कार्डको प्रयोगमा छुनसम्म पथ्र्यो, तर यो परैबाट देखाएर कारोबार गर्न सकिन्छ । 

चाहे भ्रष्टाचार होस्, चाहे अन्य आपराधिक घटना वा काम । यी सबैमा नगद जोडिएका हुन्छन् । ९९ प्रतिशत आपराधिक घटना वा विकृति नगदका कारणले निम्तिएका हुन्छन् । नगदलाई छोडिदिनुभयो भने यी विकृति पनि घट्छन् । नगदरहित कारोबारले नै सुशासित समाजको विकास हुन सक्छ । हामीले संसारका मुलुकहरु हे¥यौँ भने अत्यन्तै सुशासित भनिएका मुलुकमा नगदसहित कारोबार हुने गरेको पाउँछौँ । त्यसैले सभ्य र आधुनिक समाज निर्माणका साथै व्यक्ति स्वयम् आधुनिक, सभ्य र सुशासित हुन पनि आधुनिक प्रविधिको प्रयोग जरुरी छ ।


सोसिअल मेडिया