May 13th, 2021

नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क २५ अर्ब नजिक


बैंकिङ खबर/नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २४ अर्ब ९५ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा ३५.४९ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १८ अर्ब ४१ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीले पुनबीमा कमिशनबाट २ करोड ८७ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ५ अर्ब ४८ करोड ८ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी १ अर्ब ४७ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा पनि ८.३६ प्रतिशतले बढेर ५० करोड ६६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४६ करोड ७५ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी ७ अर्ब १९ करोड ९९ लाख रुपैयाँ कम्पनीको जगेडा कोषमा १ अर्ब १२ करोड ३४ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ खर्ब ७ अर्ब ६१ करोड रुपैयाँ र महाविपत्ती कोषमा ५९ करोड ८९ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३८ पैसा, प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ९२ पैसा र मूल्य आम्दानी अनुपात २२५.०९ गुणा रहेको छ ।

चैत मसान्तसम्ममा १३ लाख ७० हजार १३६ वटा बीमालेख कायम रहेको यस इन्स्योरेन्सले २५ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । इन्स्योरेन्सले ३९ हजार ११३ दाबीबापत ७ अर्ब १४ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको छ भने अझै १ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]