सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकले गत वर्षको चैतमा लिएको लिखित परीक्षाको नजिता प्रकाशन गरेको छ । खुल्ला तथा समावेशी कोटाका लागि ४० जना मागेको कृषि विकास बैंकको लिखित परीक्षामा ८८ जना उत्तिर्ण भएका छन् । लिखित परीक्षामा उत्तिर्ण भएकाहरुको आइतबार (आज)देखि यही भदौ १५ गतेसम्म अन्तरवार्ता हुने बैंकले एक सूचनामार्फत जनाएको छ । अन्तरवर्तामा उपस्थित हुँदा प्रवेश पत्रसहित आफुले प्राप्त गरेका सम्पुर्ण सक्कल कागजातहरु साथमा लिई तोकिएको समयभन्दा ३० मिनेट अगावै उपस्थित हुन सूचनामा भनिएको छ । बैंकका अनुसार अन्तर्वार्ताका दिन सार्वजनिक बिदा पर्न गएमा पनि अन्तर्वार्ता कार्यक्रम यथावत संचलन हुनेछ ।
लिखित परीक्षामा उत्तिर्ण भएकोहरुका नामवली हेर्नुस् विवरणमा ।




