२०७३ भाद्र ३ गते

एसबीआईसँग गाभिँदै छ बैंकहरु

sbiस्टेट बैंक अफ इन्डिया (एसबिआइ) सँग ६ वटा बैंकहरु गाभिने भएका छन् । एसबीआईले आगामी वर्षको मार्चसम्ममा पाँच सहायक बैंक र भारतीय महिला बैंकलाई गाभ्न लागेको हो । एसबिआइसँग स्टेट बैंक अफ बिकानेर एन्ड जयपुर, स्टेट बैंक अफ हैदरावाद, स्टेट बैंक अफ मसुर, स्टेट बैंक अफ पटियाला, स्टेट बैंक अफ त्रावणकोरसँगै भारतीय महिला बैंक गाभिन लागेका हुन् । 

यसका लागि सेयर स्वाप रेसियो (आदनप्रदान अनुपात) पनि टुङ्गो लागिसकेको छ । बैंकको निर्देशक समितिले स्वाप टुङ्ग्याएर स्टक एक्सचेन्जलाई यसको जानकारी दिइसकेको छ । एसबिआइका अनुसार, स्टेट बैंक अफ बिकानेर एन्ड जयपुरको अंकित मूल्य १० भारुको सेयर बराबर एक रुपैयाँ भारुत अंकित दरको एसबिआइको २८ सेयर प्राप्त हुने छ । स्टेट बैंक अफ मसुर तथा स्टेट बैंक अफ त्रावणकोरको १० सेयर बराबर एसबिआइको २२ सेयर उपलब्ध गराइने छ । भारतीय महिला बैंकको १०० करोडको सेयरका लागि एसबिआइको चार करोड ४२ लाख बराबरको सेयर दिइने छ।