२०७३ भाद्र ३ गते

सेयर भर्ने हैन ? आरएसडिसी लघुवित्तले निष्काशन गर्दैछ आइपीओ

ipoआरएसडिसी लघुवित्त वित्तीय संस्थाले आइतबारदेखि एक सय रूपैयाँ अंकित मूल्यको चार लाख कित्ता आइपीओ निष्कासन खुला गर्ने भएको छ । सो कम्पनीले चार लाख कित्तामध्ये आठ हजार कित्ता कर्मचारीका लागि छुट्याएको छ । त्यस्तै २० हजार कित्ता सामूहिक लगानी कोष कम्पनीहरूले पाउनेछन् भने बाँकी तीन लाख ७२ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिने आरएसडिसीले जनाएको छ । कम्पनीले कर्मचारी, सामूहिक लगानी कोष तथा सर्वसाधारणलाई आइपीओ बिक्रीबाट चार करोड रूपैयाँ पुँजी उठाउनेछ । एनआइबीएल क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको कम्पनीको आइपीओ निष्कासन बन्द चाडोमा भदौ ८ मा हुनेछ । कम्पनीका अनुसार त्यस समयभित्र बिक्री भइनसकेमा ढिलोमा भदौ १९ सम्म सेयर भर्न पाइनेछ । यद्यपी पछिल्लो समय आइपीओमा देखिएको अधिक आकर्षकका कारण आवेदकले भदौ ८ गतेभित्रै सेयर भर्नुपर्ने हुन सक्छ । यसअघि जारी भएका लघुवित्त कम्पनीहरूको आइपीओमा औसतमा एक सय गुणा आसपासमा आवेदन पर्ने गरेका छन् । एनआइबीएल क्यापिटल लिमिटेड, इन्भेस्टमेन्ट बैंकसहितका कार्यालयबाट आइपीओ भर्न पाइनेछ ।