May 2nd, 2021

यूनाइटेड इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त

बैंकिङ खबर/यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि को प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा उपासना पौडेल नियुक्त हुनुभएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागी इन्स्योरेन्सको सीईओ पदमा नियुक्त गरेको हो ।

यससँगै उहाँ बीमा क्षेत्रको इतिहासमै प्रथम महिला सीईओ बन्न सफल हुनुभएको छ । साथै, अर्कोतर्फ हालसम्मकै कम उमेर अर्थात ३४ वर्षको उमेरमा उक्त गरिमामय पदमा नियुक्त हुन सफल हुनुभएको छ ।

नवनियुक्त सीईओ पौडेलसँग बीमा क्षेत्रको विगत एक दशक भन्दा बढि कार्यानुभव रहेको छ । यसअघि उनले यूनाइटेड इन्स्योरेन्स कम्पनीमै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आउनुभएको थियो ।
भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उहाँले भारतमा नै बीमा व्यवसयाको क्षेत्रमा प्रवेश गर्नुभएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]