April 30th, 2021

बीमा समितिद्वारा एकतिहाइ कर्मचारी परिचालनको निर्देशन, डिजिटल सेवामा फोकस

बैंकिङ खबर/ बीमा समितिले निषेधाज्ञाको समयमा कम कर्मचारी परिचालन गर्न निर्देशन दिएको छ । उसले ७ बुँदे निर्देशन जारी गरेको छ । समितिले कम्पनीहरुलाई एक तिहाइ कर्मचारी मार्फत सेवा प्रवाह गर्न भनेको छ । त्यसैगरी सकेसम्म विद्युतीय माध्यमबाट बीमालेख जारी गर्न तथा नविकरण गर्ने व्यवस्था मिलाउन भनेको छ । समितिले एक तिहाई कर्मचारीबाट आलोपाले सेवा संचालन गर्न निर्देशनमा भनिएको छ । समितिले निषेधाज्ञाको अवधि भरी विद्युतीय माध्यमवाट वीमालेख जारी तथा नविकरण गर्न भनेको छ ।

त्यसैगरी निर्जीवन बीमकले तत्काल सृजना हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा निषेधाज्ञाको अवधि समाप्त भए पछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्न भनिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]