April 29th, 2021

जीवन बीमा कम्पनीलाई ५ वर्षे योजना पेश गर्न बीमा समितिको निर्देशन

बैंकिङ खबर/बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई १५ दिनभित्र ५ वर्षे योजना पेश गर्न निर्देशन दिएको छ । समितिले आर्थिक २०८१/८२ को बीमाङ्की मूल्याङ्कन प्रतिवेदनमा फ्युचर बोनस रिजर्भ घोषित नयाँ बोनसदरमा कायम गर्नका लागि ५ वर्ष योजना तयार गरी पेश गर्न निर्देशन दिएको हो । समितिले आर्थिक वर्ष २०७६/७७ को बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन पनि यथासिघ्र पेश गर्न निर्देशन दिएको छ ।
योसँगै जीवन बीमा कम्पनीहरुले अबको ५ वर्षसम्म २० प्रतिशतका दरले फ्युचर बोनसका लागि प्रोभिजनिङ गर्नु पर्ने छ । समितिले जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिका २०७७ को अनुच्छेद ४ को बुँदा नम्बर ५ मा भएको व्यवस्थालाई संशोधन गर्दै आर्थिक वर्ष २०७६/७७ मा फ्युचर बोनसका लागि २० प्रतिशतले प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था गरेको हो । यस भन्दा अगाडि यस व्यवस्थामा सत प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]