April 27th, 2021

गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी

बैंकिङ खबर/  गुराँस लाइफ इन्स्योरेन्सले बोधलाल पुरीलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १२ वैशाखको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका कम्पनी सचिव बालमुकुन्द रुपाखेतीले सञ्चालक समितिसमक्ष राजीनामा दिएका थिए । बैठकले रुपाखेतीको राजीनामा स्वीकृत गरी पुरीलाई कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]