२०७३ भाद्र १ गते

बीमा कम्पनीको सिईओ हुन अब पाँच वर्ष अनुभव भए पुग्ने 

bima_logoबीमा समितिले प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिसम्बन्धी व्यवस्थामा परिमार्जन गरेको छ । समितिले संस्थागत सुशासन सम्बन्धी पुरानो निर्देशनलाई संशोधन गर्दै सिइओ नियुक्तिसम्बन्धी व्यवस्थालाई केही खुकुलो पारको हो । बुधबार निर्देशन जारी गर्दै समितिले यसअघि बीमा क्षेत्रको व्यवस्थापन तहमा १० बर्ष काम गरेको ब्यक्ति मात्र सिइओ बन्न पाउने व्यवस्थामा संशोधन गर्दै त्यसलाई पाँच बर्षमा झारेको हो । बीमा समितिको अघिल्लो व्यवस्थाका कारण बीमा कम्पनीहरुले सिईओ पाएका थिएनन् । 
बीमा समितिले चार्टर्ड एकाउन्टेन्टलाई पनि सिईओ हुन मान्यता दिएको छ । यसअघिको व्यवस्थाअनुसार स्नात्तकोत्तर गरेर कम्तिमा १० बर्ष बीमा क्षेत्रमा काम गरेको अनुभवप्राप्त व्यक्तिमात्र सिइओ हुन पाउँथे ।