
बैंकिङ खबर/नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एकल बीमालेखको बिक्री बन्द गरेको छ । कम्पनीले जीवन ज्योति बीमालेख अन्तर्गत एकल बीमा शुल्क तिर्ने गरी जारी हुने सबै अवधिका जीवन बीमालेखहरु प्राविधिक कारणले आइतबारदेखि बन्द गरिएको जनाएको छ ।
केहि समय अगाडि बीमा समितिले एकल बीमालेखमा कडाइ गरेको थियो । एकल बीमालेख जारी भएको तीन वर्षसम्म सरेण्डर गर्न नपाइने तथा तीन वर्षसम्म यस्ता पोलिसी धितोमा राखेर कर्जा प्रवाह गर्न नपाउने भन्दै निर्देशन दिएको थियो ।
