
बैंकिङ खबर/अभिकर्ताको नयाँ लाइसेन्स तथा नविकरण अब सफ्टवेयरबाटै हुने भएको छ । बीमा समितिले अभिकर्ताको नयाँ लाइसेन्स तथा नविकरणको लागि अनलाइन माध्यमको विकास गरेको छ । समितिले एक दुई दिन भित्रै उक्त सफ्टवेयर लन्च गर्ने तयारी गरेको छ ।
सम्पुर्ण बीमा कम्पनीहरुले अभिकर्ताको लाइसेन्सका लागि बीमा समितिमा जानुपर्ने अवस्था रहेको छ । अभिकर्ताको लाइसेन्सका लागि कम्पनीहरुले समितिमै पुगेर पुर्ण विवरण पेश गर्ने र समितिबाट स्वीकृति प्राप्त गर्ने गरेका छन् । अबदेखि यो काम उनिहरुले समितिले तयार पारेको सफ्टवेयर मार्फत गर्न सक्ने छन् ।
अहिलेका लागि नयाँ लाइसेन्स लिन मात्रै मिल्ने भएता पनि केहि समय पछि नविकरण शुल्क पनि अनलाइन माध्यमबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाउने तयारी भइरहेको समितिले जनाएको छ ।


