
बैंकिङ खबर/ज्योतिलाईफ इन्सुरेन्सद्वारा भक्तपुर नगरपालिकाका कर्मचारी स्व.रामकृष्ण नायजुको सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी बापतको रु पाँच लाख पचास हजार रकम स्व.नायजुका श्रीमती रमा नायजुलाई प्रदान गरेको छ । स्व नायजुको गएको फागुन २४ गते अकस्मात निधन भएको थियो ।
नगरपालिकाका कर्मचारीहरु कुनै पनि आकस्मिक वा विपदको परिस्थितीमा पनि निरन्तर सेवामा रहने हुँदा कर्मचारी तथा कर्मचारीको परिवारको आर्थिक सुरक्षार्थ सम्पूर्ण कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा ज्योति लाईफइन्स्योरेन्स कम्पनीमा गरिएको थियो । ज्योति लाईफले आफ्नो स्थापनादेखि विभिन्न कार्यालयमा काम गर्ने कर्मचारीको आवश्यकता एवम् बजेटको आधारमा विभिन्न सुविधा लिन मिल्ने गरी कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा योजनाको सेवा बिक्री गर्दै आएको छ ।
ज्योति लाईफले सार्वजनिक तथा अन्य सेवामा अनवरत खटिने कर्मचारीको लागि सुलभ तथा सहुलियत पूर्ण बीमा सेवा प्रदान गर्ने कार्यलाई आफ्नो प्राथमिकमा राखेको छ ।
भक्तपुर नगरपालिकामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतीले भक्तपुर नगरपालिका तथा ज्योति लाईफका पदाधिकारीको उपस्थितिमा बीमा दावी भुक्तानी बापतको रकम हस्तान्तरण गर्नु भएको थियो ।



