अब एकल बीमा पोलिसी ३ वर्षसम्म सरेण्डर गर्न नपाइने


बैंकिङ खबर/ एकल बीमा पोलिसी अब ३ वर्षसम्म सरेण्डर गर्न नपाइने भएको छ । १९ वटै जीवन बीमा कम्पनीहरुलाई आन्तरिक परिपत्र जारी गर्दै बीमा समितिले एकल बीमा पोलिसी ३ वर्षसम्म सरेन्डर नगर्न कडा निर्देशन दिएको हो ।
यस्तै समितिले एकल बीमा पोलीसी धितो राखेर ३ वर्षसम्म कर्जा नदिन पनि निर्देशन दिएको छ ।
समितिको परिपत्रमा भनिएको छ, ‘यस पत्र प्राप्त भएको मितिदेखि लागू हुनेगरी एकल बीमाशुल्क भुक्तानी हुनेगरी जारी भएका बीमा लेखहरु अन्तर्गत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात मात्र समर्पण मूल्य तथा बीमालेख धितोमा कर्जा प्रदान गर्ने व्यवस्था गर्नुहुन निर्णयअनुसार अनुरोध गरिन्छ ।,’ समितिले परिपत्रमार्फत् भनेको छ ।

 


सोसिअल मेडिया