April 7th, 2021

महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

बैंकिङ खबर/ महालक्ष्मी विकास बैंक लिमिटेड शाखा कार्यालय पालुङबाट विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेड तथा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी बीचको सहकार्यमा शाखाले लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हकदावी बीमा बापतको रकम छ लाख सातहजार पाँच सय हकवालालाई हस्तान्तरण गरिएको हो ।

थाहा न. पा. वार्ड नं. १० का स्व. बिष्णु मगर र थाहा न. पा, वार्ड नं. १ निवासी स्व. देगु माया बलामीको मृत्यु हक दावी बीमा बापतको रकम बराबरको चेक क्रमशःरु.५,२५,००० हकवाला कल्पना घर्ती, रु. ८२,५०० हकवाला रविन बलामीलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी र नायव प्रबन्धक जोनश शर्माद्धारा मृतकको निवासमा गई हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रममा शाखाप्रबन्धक संगिता बज्राचार्यले कृषि तथा विपन्न वर्ग कर्जा अन्तगर्त लघु अमृत म्यादी बीमा योजना केहो रकिनहो भन्ने कुरामा प्रष्ट पार्नुभएको थियो ।

त्यसैगरि बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी तथा नायव प्रबन्धक जोनश शर्माले स्थानीय कृषकहरुले सहुयित कर्जा तथा कृषि कर्जाका विषयमा उठाएका जिज्ञासाहरुलाई निराकरण पार्नुका साथै सहुलियत कर्जा आवश्यक ग्राहकहरुको हातमा पुर्याएमात्र गाउँको विकास हुने कुरा प्रष्ट पार्नुभएको थियो । उक्त कार्यव्रmममा स्थाीनय बासिन्दा, जनप्रतिनिधि, पत्रकार तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]