April 4th, 2021

अजोड इन्स्योरेन्सद्वारा कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सञ्चालन


बैंकिङ खबर/अजोड इन्स्योरेन्स लिमिटेडद्धारा तीन दिने कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।
इलाम बजारस्थित कम्पनीको शाखा कार्यालय इलाममा भएको उक्त तालिममा कृषि तथा पशुपक्षी विभागका विभागीय प्रमुख दिपक पोखरेल र का.मु.प्रबन्धक प्रेम राज पाण्डेले कम्पनीको तर्फबाट प्रशिक्षण दिनुभएको थियो भने सहभागी प्रशिक्षार्थीहरुलाई इलाम नगरपालिकाका मेयर महेश बस्नेतले प्रमाणपत्र वितरण गर्नुभएको थियो । उक्त तालिम कार्यक्रममा ४८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]