साधना लघुवित्तमा रोजगारीको अवसर : सहायक महाप्रबन्धकदेखि प्रशिक्षार्थीसम्म माग

बैंकिङ खबर/  साधना लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर खुलेको छ । संस्थाले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

लघुवित्तले सूचना जारी गर्दै सहायक महाप्रबन्धक एक, सहायक अधिकृत, सुपरभाइजर/वरिष्ठ सहायक/सहायक, कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थी पदहरुमा केही संख्यामा कर्मचारी माग गरेको जनाएको छ । वित्तीय संस्थाले १९ चैतमा प्रकाशित गरेको सूचनामा योग्यता पुगेका जो–कसैले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो योग्यता र रुचिअनुसारको पदमा दरखास्त दिन सक्ने उल्लेख छ ।

गोरखा नगरपालिका–६, हरामटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्तले राष्ट्रियस्तरमा लघुवित्तीय सेवा दिँदै आएको छ । संस्थाले दुर्गम तथा ग्रामीण क्षेत्रमा केन्द्रित भई लघुवित्त बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


सोसिअल मेडिया