Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तोलाको ५९ हजार ३ सय पुग्यो सुनको भाउ, चाँदी पनि महँगियो

२०७३ श्रावण ३२ गते

goldनेपाली बजारमा सुन महँगिएको छ । साताको सुरुको दिनदेखि नै स्थिर रहेको सुनको भाउ मंगलबार तोलाको ४ सय रुपैयाँका दरले महँगो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ५९ हजार ३ सय रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५९ हजार ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि, सोमबार छापावाल सुनको भाउ तोलाको ५८ हजार ९ सय रुपैयाँका दरले कारोबार भइरहेको थियो भने तेजावी सुन तोलाको ५८ हजार ६ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो । 

सुनसँगै चाँदी पनि महँगिएको छ । मंगलबार चाँदी तोलाको ५ रुपैयाँका दरले महँगिएको हो । सोमबार तोलाको ८ सय ९० रुपैयाँका दरले कारोबार भइरहेको चाँदी मंगलबार तोलाको ८ सय ९५ रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जनाएको छ ।