युनाइटेड इन्स्योरेन्सको सिइओमा उपासना पौडेल प्रस्तावित, पहिलो महिला बन्ने

बैंकिङ खबर/  युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा उपासना पौडेललाई प्रस्ताव गरिएको छ । सञ्चालक समितिले सिइओमा पौडेलको नियुक्ति अनुमतिका लागि बीमा समितिमा नाम प्रस्ताव गरेको कम्पनीले जनाएको छ । पौडेलले हाल निमित्त कार्यकारी अधिकृतको रुपमा कम्पनीको नेतृत्व गर्दै आएकी छिन् ।

बीमा समितिले सिइओ नियुक्त गर्न पत्र काटेको दुई सातापछि कम्पनीले नियुक्तिको प्रस्ताव गरेको हो । समितिले २९ फागुनमा प्रमुख कार्यकारी अधिकृत नभएका पाँच बीमा कम्पनीलाई एक महिनाभित्र नियुक्त गर्न निर्देशन दिएको थियो । समितिले कम्पनीको प्रस्ताव स्वीकृत गरेमा पौडेल नेपाली बीमा क्षेत्रको पहिलो महिला कार्यकारी अधिकृत बन्नेछिन् भने युनाइटेड इन्स्योरेन्सले झन्डै तीन वर्षपछि कार्यकारी निर्देशक पाउनेछ । इन्स्योरेन्सले तीन वर्षदेखि निमित्त÷कायममुकायम सिइओको भरमा काम चलाउँदै आएको छ ।

 


सोसिअल मेडिया