Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारवापतको बीमा रकम भुक्तानी

२०७७ चैत्र १६ गते


बैंकिङ खबर/एनआईसी एशिया बैंकले ग्राहकहरू समक्ष ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ ।

बैंकको काठमाडौंस्थित डिल्लीबजार शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोल्नु भएकी काठमाडौंस्थित पानीपोखरी निवासी ५० वर्षीया आरती मानन्धरलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बीमा रकम नेको इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।

हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहक महानुभावहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले बीमा सुविधा प्रदान गर्दै आएको छ । यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकहरूले पाउन सक्नुहुनेछ ।

बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४२६ जना भन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापतको रू. २ करोड ६६ लाख भन्दा बढी रकम प्राप्त गरिसक्नुभएको छ । यस किसिमका बीमासहितको बचत योजनाहरूबाट आमसर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन र प्रेरणा मिलेको बैंकले विश्वास लिएको छ ।