March 25th, 2021

कोरोना बीमाबापत बीमितलाई ५ अर्बभन्दा बढी भुक्तानी


बैंकिङ खबर/  बीमा समिति र निर्जीवन बीमा कम्पनीहरुद्धारा कोरोना बीमा वापत हालसम्म ५ अर्बभन्दा बढी रकम बीमितहरुलाई भुक्तानी गरिएको छ ।
बीमा समितिका अनुसार यहि चैत्र ६ गते शुक्रबारसम्मको तथ्यांक अनुसार कोरोना बीमा दाबी वापत ५ अर्ब १४ करोड १२ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको हो । कुल ५३ हजार ३२४ वटा बीमालेख उपर परेको दाबी वापत सो रकम भुक्तानी गरिएको हो । २०७७ बैशाख ४ गतेदेखि ५० हजार रुपैयाँ र १ लाख रुपैयाँ बिमाङ्कको गरी दुई वटा कोरोना बीमालेखको बिक्री शुरु भएको थियो ।

समितिका अनुसार चैत्र ६ गतेसम्म कारोना बीमा वापत कुल ८६ हजार ६१२ वटा दाबी परेका छन् । ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका ४ हजार २१० वटा फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् ।

समितिका अनुसार ९ हजार ५० वटा दाबीका फाइल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् । महाशाखामा अध्ययनका लागि पठाइएका २२ हजार ४०३ वटा फाइलमध्ये १३ हजार ३५३ वटा फाइद स्वीकृत भइसकेका छन् ।

समतिका अनुसार आवश्यक अध्ययनका लागि ८ हजार ६८३ वटा दाबीका फाइल लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाईने क्रममा रहेका छन् ।

त्यस्तै, ५५० वटा दाबीका फाइल पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]