
बैंकिङ खबर/ वैदेशिक रोजगारीका लागि जाने नेपालीले गर्नुपर्ने वैदेशिक रोजगारी म्यादी जीवन बीमा अब ज्योतिलाइफबाट विद्युतिय माध्यमद्वारा जारी गर्न सकिने भएको छ ।
शुरुवाती दिन देखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै आइरहेको उक्त कम्पनीले खल्ती डिजिटल वालेटसँग सहकार्य गर्दै मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था सुचारु गरेको हो ।
ISO 9001:2015 गुणस्तार चिन्ह प्रमाण पत्र प्राप्त ज्योतिलाइफ कम्पनीले सुचारु गरेको यस सेवामार्फत सेवाग्राहीले काउन्टरमा गई बीमा शुल्क भुक्तानी गरि बीमा लेख जारी गर्नुपर्ने झन्झटबाट मुक्तभई सम्पूर्ण वीमितहरुको समयको बचत हुने कुरामा कम्पनी विश्वस्त रहेको कम्पनीका कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले जानकारी गराउनुभयो ।


