Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

कोहलपुरमा महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे सम्पत्ति शुद्धीकरण तालिम 

२०७७ चैत्र ८ गते

बैंकिङ खबर/ महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । यसै सिलसिलामा शुक्रबार कोहलपुरमा सो सम्बन्धि तालिम सम्पन्न गरेको छ ।

कोहलपुरको होटल म्याक्समा सम्पन्न उक्त तालिम कार्यक्रममा कर्णाली प्रदेश,सुदुर पश्चिम प्रदेश र साविक राप्ती अञ्चलअन्तर्गतका २२ जना प्रमुखको सहभागिता रहेको थियो । अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धीकरण गर्ने गरिएको छ ।

यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धीकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो । कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक श्रीमती सपना खरेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी उक्त तालिम प्रदान गर्नुभएको थियो ।

दुई दिने उक्त तालिम कार्यक्रमको पहिलो दिन चैत्र ५ गते कार्यालय प्रमुखहरूलाई नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ्ग प्रमुख प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाबारे तालिम प्रदान गर्नुभएको थियो ।