August 15th, 2016

‘विदेशमा बगाउने पसिना नेपालमा बगाऔँ, त्यही समयमा मालिक भईन्छ’  

Chiranjibi-Nepal (1)अर्जुन ज्ञवाली, बुटवल । नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरंजीबि नेपालले तिब्र रुपमा उद्यमशिलताको विकास गर्नु नै आजको मुख्य चुनौती रहेको औँल्याएका छन् । बुटवलमा भिजन लुम्बीनी लिमीटेडले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर डा. नेपालले उद्यमशीलता र ब्यावसायीकरणको ब्यापक विकास भएमात्र देश समृद्ध हुने बताएका हुन् । मुलुको सबै ठाउँमा केही न केही सम्भावना र अवसर रहेकाले त्यसलाइ उपयोग गर्न सकेमा देश समृद्ध हुन धेरै समय नलाग्ने बताउँदै डा. नेपालले त्यसको लागि उत्पादनमुलक कार्यमा लाग्नुपर्नेमा जोड दिए ।  

‘अहिले देशको लागि पौरख गर्ने युवाहरु लाइन लागेर विदेश गएका छन्’ गभर्नर नेपालले भने, ‘यसले देशलाइ थप पछाडि धकेल्ने हुदा युवाहरु आफै पनि गम्भिर भएर आफ्नै देशमा  उद्यम र ब्यावसाय गर्नपट्टि लाग्नु जरुरी छ ।’ नेपालमै प्रशस्त अवसरहरु भएकाले युवाहरुलाई विदेश नजान उनले आग्रह गरे ।

गभर्नर नेपालले बुटवलमा स्थापना भएको भिजन लुम्बनीलाई युवाहरुलाई स्वदेशमै उत्पादनशील क्षेत्रमा लाग्न प्रेरित गर्ने खालका कार्यक्रमहरु ल्याउन सुझाव दिए । त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उनले आश्वासन समेत दिए ।

स्वास्थ्य, शिक्षा, पर्यटन, कृषिमा बृह्त लगानी गरी मुख्यतयः संघीय नेपालको प्रदेश न. ५ लाइ उद्यमशीलता र ब्यावसायीकरणको लागि नयाँ अभियान बोकेर बुटवलमा केन्द्रीय कार्यालय रही सन्चालनमा रहेको भिजन लुम्बीनी लिमिटेडले नेपाल राष्ट्र बैकका गभर्नर डा. चिरन्जीवि नेपाल र ब्यावसायी समाजसेवीहरुबीच उद्यमशिलता र ब्यावसायका सम्भावना र चुनौतीको बारेमा अन्तरक्रिया आयोजना गरेको हो ।

अन्तरक्रीयामा भिजन लुम्बीनीका अध्यक्ष जगत बहादुर पोखरेलले बढ्दो युवा पलायल रोक्नको लागि भिजन लुम्बीनीले  युवा मैत्री कार्यक्रमलाइ प्राथमिकता राखेर काम गरेको बताउदै बुटवलमा केल्द्रीय कार्यालय रहेपनि देश भरका करिव ५ सय जना शेयर सदश्यहरु भिजन लुम्बीनीमा आबद्धता भइसकेको उल्लेहख गर्नुभयो । उहाले दुइ बर्ष भित्र एक हजार जना शेयर सदश्य बनाइ स्वास्थ्य, शिक्षा, पर्यटन, कृषिबाट देशको  आर्थिक समिद्धिको लागि नया सन्देश दिनेगरी आफ्नो टिमले काम  गरिरहेको जानकारी दिनुभयो ।  कार्यक्रममा भिजन लुम्बीनीका ब्यवस्थापक मनोज भट्टराइ, छबिन्द्र भट्टराइ, शुक्र बस्याल, खेमनाथ शर्मा लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।