Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

महालक्ष्मी लाइफ इन्स्योरेन्सका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तालिम

२०७७ चैत्र ५ गते


बैंकिङ खबर  महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ ।

बिहीबार पोखराको कुटी रिसोर्ट होटलमा आयोजित तालिम कार्यक्रममा साविक गण्डकी, धौलागिरी र लुम्बीनी क्षेत्रका सम्पुर्ण कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो। कर्मचारीहरुलाई नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले गैर कानूनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धिकरण गरिन्छ, अपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शंकास्पद कारोबारको रिपोर्टिङ तरिका बारेमा तालिम दिनुभएको थियो । तालिममा २२ जना प्रमुखहरुको सहभागितारहेको थियो।

शुक्रबारसम्म सञ्चालन हुने दोस्रो चरणको तालिममा बीमा प्रोडक्ट र यस्को बिक्रिका क्षेत्रहरु, प्रभावकारी अण्डरराईटिङका तरिकाहरुबारेमा तालिम संचालन हुनेछ । भोलीको तालिममा अण्डरपराईटिङ विभाग प्रमुख श्री प्रभाकर न्यौपानेले तालिम दिने कार्यक्रम रहेको छ। कम्पनीले २०७८ आषाढ मसान्त भित्र सातै प्रदेशका कर्यालय प्रमुख र कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धि पूनर्ताजगी तालिम दिने कार्यक्रम बनाएको छ ।