मिर्मिरे लघुवित्तद्धारा वित्तीय साक्षरता सहित सरसफाइ कार्यक्रम सम्पन्न

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पटेलचोक, रौतहटले बित्तीय साक्षरता, महिनाबारी सरसफाई तथा सरसफाई कार्यक्रम करिब १५० जना स्थानीयहरुको सहभागितामा सम्पन्न गरेको छ । देवाही गोनाहीनगरपालिका वार्ड नं ३, इलाका प्रहरी कार्यालय– पटेलचोक, शस्त्र प्रहरी बहादुर गण, पटेलचोक, जनमतविद्यार्थी संघ प्रयोजन र मिर्मिरे लघुवित्तको आयोजना कार्यक्रम भएको हो ।

जनमतविद्यार्थी संघका करिब २० जना यूवाहरुसँग वित्तीय साक्षरता अन्र्तगत लघुवित्तको परिचय, बचतको महत्तव, कर्जा, उद्यमशीलता, महिला सशक्तीकरणको विषयमा भिडियो प्रस्तुत्ति र महिला यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा अन्र्तगत महिनावारी भनेको के हो र महिनावारी जनचेतनामा पुरुष तथा यूवाको भूमिका विषयमा अन्र्तक्रिया गरिएको थियो । जनमतविद्यार्थी संघका अध्यक्षले उद्यमशीलता, यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा, बित्तीय साक्षरताको विषयमा गाउँमा महिलाहरुलाई जनचेतना फैलाउन यूवाको भूमिकाको विषयमा छलफल गरी आगामी दिनमा मिर्मिरे लघुवित्त सँग सहर्काय गरी अघि बढ्ने मनतव्य राखेका थिए ।

त्यस्तै सरसफाई कार्यक्रम पटेलचोक बाट सुरु भई बजारमा समापन भएको हो । समापन मन्तव्यको क्रममा बोलदै इलाका प्रहरी कार्यालयका प्रतिनिधिले मिर्मिरे लघुवित्तले स्थानीय बजार तथा अन्य ठाउँ सरसफाईमा अग्रसरता देखाएकोमा खुशि व्यक्त गर्दै उनले स्थानीयलाई सफा गर्ने कुरामा जिम्मेवार हुन सुझाएका थिए ।

 


सोसिअल मेडिया