कृषि विकास बैंकमा रोजगारीका लागि आवेदन दिने आज अन्तिम दिन

बैंकिङ खबर । कृषि विकास बैंकमा रोजगारीका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले ठूलो संख्यामा अर्थात् विभिन्न १५ पदमा ३२६ जना कर्मचारीको माग गरेको हो । बैंकले स्थायी कर्मचारी दरबन्दीमा रिक्त रहेका वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मको पदमा दरखास्त आह्वान गरेको हो । कम्तिमा प्लसटु उत्तीर्ण गरेकाले आवेदन दिन पाउनेछन् । परीक्षा दस्तुर पद अनुसार ४ सयदेखि एक हजार रुपैयाँसम्म लाग्ने जनाइएको छ । योग्यता पुगेका उम्मेदवारले आगामी आज अर्थात् माग २९ गतेभित्र आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

 

 


सोसिअल मेडिया