Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

गाभिए ज्योति र झिमरुक विकास बैंक

admin २०७३ श्रावण ३० गते
सेयर:

photoज्योति विकास बैंक र झिमरुक विकास बैंक एआपसमा मर्ज भएका छन् । यी दुई बैंकबिच एकआपसमा गाभिएर मर्ज भै ज्योति विकास बैंक लि. को नामबाट हुने एकिकृत कारोवारको शुभारम्भ नेपाल राष्ट्र बैंकका क्षेत्रिय कार्यालय भैरहवाका प्रबन्धक ( निर्देशक) रेवति नेपालले गरे । ज्योति र भिमरुकको मर्जपश्चात् बनेको नयाँ संस्थाको कुल चुक्ता पुँजी ९८ करोड ६६ लाख ४५ हजार रुपैयाँ, कुल निक्षेप ७ अर्ब ६८ करोड ७३ लाख १४ हजार र कुल कर्जा ६ अर्ब २३ करोड २५ लाख ९३ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, २०७३ आषाढ मसान्तसम्मको खुद नाफा १७ करोड १८ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

यसैबिच, ज्योति विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत दैवी प्रकोप उद्घार कोषलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गर्यो । 
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।