Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

हकप्रद निष्काशन गर्दै ‘२३ कम्पनीहरु’

२०७३ श्रावण २९ गते

rights-issueराष्ट्र बैंकले तोकेको निश्चित पुँजी निश्चित समयावधिमा पुर्याउनका लागि प्राय बैंक तथा वित्तीय संस्थाहरुले हकप्रद सेयर निष्काशनलाई नै मुख्य माध्यमका रुपमा लिएका छन् । जसअनुरुप अहिले बैंक तथा वित्तीय संस्थाहरु आफ्नो संस्थाको वर्तमान चुक्ता पुँजीको विस्तृत अध्ययन पश्चात सकेसम्म अपुग पुँजी पुर्तिका लागि मर्जर एक्युइजिसन भन्दा हकप्रद सेयर निष्काशन नीति नै लागु गर्ने होडमा छन् । कति वित्तीय संस्थाले हकप्रद सेयर निष्काशनका लागि धितोपत्र वोर्डबाड अनुमति पाइसकेका छन्, भने कति अनुमतिका लागि पर्खिरहेका छन् ।

आर्थिक वर्ष ७३/७४ मा  वित्तीय संस्था (बैङ्क, विकास बैङ्क, फाइनान्स, र बीमा) र जलविद्युत गरी २३ ओटा कम्पनीको ८ करोड ७३ लाख कित्ता शेयर निष्कासन गर्न लागेका छन् । ती कम्पनीमध्ये सबैभन्दा बढि विकाश संख्या विकाश बैंकहरुको छ । जसमा १३ ओटा विकास बैङ्क, ४ ओटा फाइनान्स, २ ओटा वाणिज्य बैङ्क एक ÷एक ओटा जलविद्युत् र बीमा कम्पनी रहेका छन् । 

ती कम्पनीमध्ये प्राइम कमर्शियल बैङ्क, सेञ्चुरी कमर्शियल बैङ्क तथा माउण्ट मकाउ विकास बैङ्क गरी तीनओटा कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । निष्कासन अनुमति पाएका ती वित्तीय संस्थाबाट रू. २ अर्ब १२ करोडबराबरको २ करोड १२ लाख कित्ता शेयर निष्कासन हुँदैछ । जसमा प्राइम कमर्शियल बैङ्कले ३ः१ को अनुपातमा (३ शेयर कित्ताबराबर १) शेयर निष्कासन गर्ने भएको छ भने सेञ्चुरी कमर्शियल बैङ्कले १०ः३ र माउण्ट मकाउ विकास बैङ्कले १ः१.५ का दरले शेयर निष्कासन गर्न लागेका छन् । 

हकप्रद सेयर निष्काशनका लागि आवेदन दिएका तर वोर्डको स्विकृती पाइनसकेका कम्पनीहरुमा, हिमालय बैंक, लक्ष्मी लघुवित्त वित्तीय संस्था, सेन्टर फाइनान्स, कामना विकाश बैंक, सेती फाइनान्स, सहारा विकाश बैक, अपी पावर कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, त्रिवेणी विकाश बैंक, ललितपुर फाइनान्स, नागबेली लघुवित्त विकाश बैंक, अरनीको विकाश बैंक, सप्तकोशी विकाश बैंक, सेवा विकाश बैंक, मुक्तिनाथ विकाश बैंक, मितेरी विकाश बैंक, एनएमबी माइक्रो फाइनान्स, सिद्धार्थ बैंक, नेको इन्स्योरेन्स र कन्चन विकाश बैंक रहेका छन् ।

हकप्रद शेयर निष्कासनको स्वीकृतिका लागि बोर्डमा आवेदन दिएका र अनुमतिको पर्खाइमा रहेका  हिमालय बैङ्क, लक्ष्मी लघुवित्त वित्तीय संस्था, सेण्टर फाइनान्स, कामना विकास बैङ्क र सेती फाइनान्स गरी ४ ओटा कम्पनीबारे बोर्डले अध्ययन गरी प्रतिक्रिया पठाइसकेको छ । तर ती कम्पनीहरुले वोर्डमा कुनै जवाफ नआएकाले यसपश्चात वोर्डले कुनै कार्य अगाडी बढाएको छैन । 

त्यस्तै वोर्डले प्रतिक्रिया पठाइसकेका कम्पनीमा ललितपुर फाइनान्स, नागबेली लघुवित्त विकास बैङ्क, अरनिको विकास बैङ्क, सप्तकोशी विकास बैङ्क, सेवा विकास बैङ्क, मुक्तिनाथ विकास बैङ्क, मितेरी विकास बैङ्क, एनएमबी माइक्रो फाइनान्स र सिद्धार्थ बैङ्क परेका छन् ।

यसबाहेकका कम्पनीहरु, सहारा विकास बैङ्क, अपी पावर कम्पनी, गुह्येश्वरी मर्चेण्ट बैङ्क एण्ड फाइनान्स, त्रिवेणी विकास बैङ्कको आवेदनका विषयमा भने वोर्डले अध्ययन गरिरहेको छ ।

वोर्डमा ढिला आवेदन दिनेहरुमा परेका २ कम्पनीहरु कञ्चन विकास बैङ्क र नेको इन्स्योरेन्सको आवेदनमाथि भने बोर्डले कुनै काम कारबाही अघि बढाएको छैन ।