बैंकिङ खबर । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहकहरुलाई नगद प्रवाह ब्यवस्थापन सम्बन्धी तालिम आयोजना गरिरहेको छ । ग्राहकहरुलाई ब्यवसाय बिस्तार र प्रबद्धन कार्यमा सहज बनाउनको लागी तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।
एरिया टेक्नोलोजी प्रालि र साउथ एसिया इन्सिच्युट अफ एड्भान्स स्टडिज्संगको सहकार्यमा मेरोमाइक्रोफाइनान्सले आयोजना गरेको तालिममा करीब ४०० जना ग्राहकहरुलाई तालिम दिन सुरु गरिएको बट्टार अनुगमन कार्यालयका प्रमुख सरोज पण्डितले जानकारी दिए । त्यस्तै, शाखा कार्यालयहरु नुवाकोट जिल्लामा रहेका शाखा कार्यालयहरु बट्टार, रातमाटे, सातबिसे, रानीपौवा र कल्याणदेवीका ब्यावसायिक कृयाकलापहरुलाई बिस्तार तथा ब्यवस्थित बनाउनु तालिमको उद्देश्य रहेको बताए ।
सो तालिम मार्फत ब्यावसायिक लेखाजोखा सम्बन्धमा अनुसन्धानात्मक अध्ययन समेत रहेकोले सदस्यहरुलाई प्रविधिमैत्री बनाउन MunshiG Apps (मुंशीजी) मार्फत सदस्यहरुका लागी नगद सम्बन्धी सम्पूर्ण हरहिसाव राख्नुका साथै ब्यवसायको अवस्थाको बारेमा समेत चित्रण गर्न सकिने परियोजना, अनुसन्धान तथा बिकास बिभागका प्रमुख माधब न्यौपानेले जानकारी दिए । सो एप मार्फत नाफा घाटाको अवस्थाका साथै मासिक रुपमा खर्च, आम्दानी खर्चको शिर्षकमार्फत राख्न सकिने समेत जनाइएको छ ।
मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालयहरुमार्फत करिब १ लाख ३० हजार घरपरिवारहरुलाई वित्तीय सेवा पु-याउदै आइरहेको छ ।
