चीनले युआनको अन्तरराष्ट्रिय प्रयोग बढाउने भएको छ । त्यहाँको केन्द्रीय बैङ्क ‘पिपुल्स बैङ्क अफ चाइना’ (पीबीओसी)को वेबसाइटमा जारी एउटा विज्ञप्तिमा चीनले युआनको अन्तर्राष्ट्रिय प्रयोगलाई विस्तार गर्ने योजना बनाएको उल्लेख गरिएको छ ।
जुनमा विश्वव्यापी भुक्तानीमा युआनको प्रयोग घटेर १ दशमलव ७२ प्रतिशतमा समेटिएको छ । यो सन् २०१४ यताकै न्यून हो । उता, हङकङमा युआनको सञ्चिति पनि घटेर ३ वर्षकै न्यून बिन्दुमा आएको छ । यसरी युआनको प्रयोग घट्दै जान थालेपछि बैङ्कले विश्वभरि आफ्नो मुद्राको प्रयोग बढाउने योजना बनाएको हो ।
युआनको विश्वव्यापी प्रयोगमा वृद्धि गर्नका लागि अन्य देशसँग सहकार्य बढाउने योजना पीबीओसीको छ । त्यस्तैगरी युआनको अन्तरराष्ट्रियकरणका लागि आवश्यक पूर्वाधारमा सुधार गरिनेसमेत विज्ञप्तिमा पीबीओसीले बताएको छ । चालू खाताअन्तर्गत युआनको सीमापार प्रयोग बढाउने र युआनमा गरिने लगानीसमेत विस्तार गरिने योजना पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । सञ्चिति मुद्राका रूपमा पनि युआनको प्रयोग बढाइने बैङ्कले बताएको छ ।
यी लक्ष्यहरू कसरी हासिल गर्ने भन्नेबारेमा भने पीबीओसीले विज्ञप्तिमा केही पनि बताएको छैन । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएम्एप्m)ले युआनलाई यही अक्टोबरमा स्पेशल डइङ राइट्समा सामेल गराउँदै छ । एजेन्सी




