January 22nd, 2021

कृषि विकास बैंकमा ३२६ जनालाई रोजगारीको अवसर, योग्यता+2 पास

बैंकिङ खबर । कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ ।
बैंकले विभिन्न १५ पदमा ३२६ जना कर्मचारीको माग गरेको हो । बैंकले स्थायी कर्मचारी दरबन्दीमा रिक्त रहेका वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मको पदमा दरखास्त आह्वान गरेको हो । कम्तिमा प्लसटु उत्तीर्ण गरेकाले आवेदन दिन पाउनेछन् । परीक्षा दस्तुर पद अनुसार ४ सयदेखि एक हजार रुपैयाँसम्म लाग्ने जनाइएको छ । योग्यता पुगेका उम्मेदवारले आगामी माग २९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]