January 22nd, 2021

दुई सय बढि शाखा सञ्जाल विस्तार गर्दै मिर्मिरे, कर्मचारी दक्ष बनाउन तालिम प्रदान


बैंकिङ खबर । काभ्रेको बनेपा स्थित प्रधान कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.को क्षेत्रीय कार्यालय बौनिया कैलालीको आयोजनामा प्रदेश नं. ५, ६ र ७ का शाखा प्रमुखहरुलाई एक दिवसीय प्रभावकारी शाखा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले प्रभावकारी कार्यसंचालनमा शाखा प्रमुखहरुको भूमिका, बरिष्ठ अधिकृत सुशिलकुमार बुढाले लेखा तथा इम्पावर सफ्टवेयर सम्बन्धि, बरिष्ठ अधिकृत राजेश श्रेष्ठले शाखा तथा जोखिम व्यवस्थापन र सुपरिवेक्षक प्रकाशबहादुर बोगटीले धितो कर्जा लगानी विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रमको सहयोगी साझेदार संस्थाको रुपमा मेटलाइफ एलिकोका रितेन्द्र कार्कीले माइक्रो इन्योरेन्सको बारेमा शाखा प्रमुखहरुलाई जानकारी दिएका थिए ।
कार्यक्रममा सुडा शाखाका प्रमुख जितेन्द्र बोहरा र बन समिति शाखा प्रमुख सिद्धेश्वरी कुँवरले तालिमले आफूहरुलाई काम गर्न थप हौसला मिलेको र क्षमता बढेको अनुभुती भएको बताए । बौनिया ब्लक स्टेशन प्रमुख सुरेश खड्का, सहायक प्रबन्धक बेद आचार्य लगायत ३७ वटा शाखाका प्रमुखहरुको उपस्थिती रहेको कार्यक्रमको सभाध्यक्षता बौनिया क्षेत्रीय कार्यालयका प्रमुख एवं बरिष्ठ अधिकृत सुशिल कुमार बुढाले गरेका थिए ।
पछिल्लो समयमा धमाधम शाखा विस्तार तथा उद्देश्य मिलेका संस्थाहरुलाई मर्ज तथा गाभ्ने कार्य तिव्र रुपमा अगाडी बढाइएको र यसै आर्थिक वर्ष भित्र दुई सय भन्दा बढि शाखा संजाल विस्तार गरि नमुनाको लघुवित्त बनाउन यस्ता तालिमहरुको लागि व्यवस्थापनलाई निर्देशन दिइएको संस्थाका अध्यक्ष टेकबहादुर बोहराले जानकारी गराए । मिर्मिरेले यस अघि पुष १० मा झापाको विर्तामोडमा तालिम कार्यक्रम संचालन गरेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]