January 19th, 2021

बीमा समिति अध्यक्ष बिहीन बन्यो

बैंकिङ खबर । बीमा समिति केहीदिनदेखि नेतृत्वबिहीन बनेको छ । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समिति तत्कालीन् अध्यक्ष चिरञ्जीबी चापागाईंको कार्यकाल सकिएपछि अध्यक्ष बीहीन बनेको हो । बीमा समितिमा तत्कालीन् अध्यक्ष चापागाई र राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी प्रतिश्प्रर्धामा छन् । यसबाहेक समितिका अन्य अधिकारी, बीमा विज्ञहरु पनि अध्यक्ष बन्ने दौडमा छन् । अर्थ मन्त्रालयले बीमा समिति अध्यक्षमा तीन जनाको नाम सिफारीस गरेपछि ती नामहरुबाट मन्त्रिपरिषद् बैठकले एकजनालाई बीमा समितिको अध्यक्षमा मनोनयन गर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]