August 12th, 2016

रुरल, नागबेली र आईएलएफसीओ : कुनले गरे कति नाफा ?

economicपछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो गत वर्षको प्रगती विवरण सार्वजनिक गरिरहेका छन् । प्रायः जसो कम्पनीहरुको नाफा अघिल्लो वर्षको तुलनामा उल्लेख्य रुपमा बढेको पाइएको छ । यद्यपि, रुरल माइक्रोफाइनान्सको नाफा घटेको छ भने आईएलएफसीओ माइक्रोफाइनान्सको नाफा स्थिरजस्तै छ । नागबेलीले भने उल्लेख्य मात्रामा नाफा बढाएको छ । हेरौँ, यीनै तीन कम्पनीको प्रगती विवरण :

रुरल माइक्रोफाइनान्सको मुनाफा १७ करोड
गत आर्थिक वर्षमा रुरल माइक्रोफाइनान्स डेभलपमेण्ट सेन्टरले १७ करोड १ लाख ३३ हजार रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा १९ करोड ९७ लाख ७१ हजार रुपैंया खुद नाफा कमाएको आरएमडिसिको खुद नाफा २ करोड ९६ लाख ३८ हजार रुपैंया अर्थात १४ दशमलव ८३ प्रतिशतले गिरावट आएको हो । ६२ करोड ९२ लाख रुपैंया चुक्ता पुँजी रहेको आरएमडिसीको जगेडा कोषमा १ अर्ब २२ करोड ७२ लाख ५० हजार रुपैंया सञ्चित छ । आरएमडिसिले एक वर्षमा २५ करोड ७१ लाखको व्याज आम्दानीलाई बढाएर २७ करोड ४२ लाख रुपैंया पुर्याएको छ भने सञ्चालन मुनाफा २२ करोड ८७ लाख रुपैंयाबाट बढेर २६ करोड ७५ लाख रुपैंया पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २७ रुपैंया ३ पैसा छ भने प्रतिशेयर नेटवर्थ २ सय ९५ रुपैंया शुन्य ४ रुपैंया र मुल्य आम्दानी अनुपात ५१ दशमलव ३५ रहेको छ ।

नागबेली लघुवित्तको मुनाफा सवा ३ करोड
नागबेली लघुवित्त विकास बैंकले गत आर्थिक बर्षमा ३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो बर्षको तुलनामा ८३ प्रतिशतले बढेको हो । अघिल्लो बर्ष कम्पनीले १ करोड ७६ लाख रुपैयाँ कमाएको थियो । २ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ५ करोड ६० लाख रुपैयाँ राखेको छ । यसअवधिमा ११ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले ५० करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । खराब कर्जा १.०४ प्रतिशत रहेको कम्पनीको प्रतिशेयर आम्दानी १२९ रुपैयाँ, मुल्य आम्दानी अनुपात ३४.०५ गुणा, प्रतिशेयर नेटवर्थ ३२४ रुपैयाँ र तरलता अनुपात १९.९६ प्रतिशत रहेको छ ।

आईएलएफसीओ माइक्रोफाइनान्सको नाफा साढे ३७ लाख 
आइएलएफसिओ माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा ३७ लाख ५२ हजार रुपैंया खुद नाफा कमाएको छ । उसले अघिल्लो आर्थिक वर्षमा ३७ लाख १६ हजार रुपैंया खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा माइक्रोफाइनान्सको खुद नाफा ३६ हजार रुपैंयाले मात्र बढेको हो । १० करोड रुपैंया चुक्ता पूँजी रहेको आइएलएफसिओको जगेडा कोषमा ७२ लाख २७ हजार रुपैंया सञ्चित छ । व्याज आम्दानी १ करोड ६३ लाख २ करोड ३४ लाख रुपैंया पुर्याएको माइक्रोफाइनान्सको सञ्चालन मुनाफा ४७ लाख रुपैंयाबाट २५ लाख रुपैंयामा झरेको छ । प्रतिशेयर आम्दानी ३ रुपैंया ७५ पैसा रहेको माइक्रोफाइनान्सको मुल्य आम्दानी अनुपात ४ सय २४ दशमलव ५० तथा प्रतिशेयर नेटवर्थ १ सय ७ रुपैंया २३ पैसा रहेको छ ।