January 12th, 2021

एनएमबि लघुवित्तको साधारणसभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

बैंकिङ खबर । एनएमबि लघुवित्त वित्तीय संस्थाको आठौं वाषिक साधारण सभा सम्पन्न भएको छ । सोमबार संस्थाका सञ्चालक समिति अध्यक्ष सजिव सुब्वाको सभापतित्व तथा नेपाल राष्ट्र बैकका प्रदेश प्रमुख ईश्वरी प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

कम्पनी सचिव गोविन्द बाँस्तोलाले सञ्चालन गरेको सभामा एनएमबि बैंकको तर्फवाट प्रतिनिधित्व गर्नुभएका सञ्चालक गोविन्द घिमिरेले समेत शेयरधनि समक्ष आफ्नो धारण राख्नुभएको थियो । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १ (एक) प्रतिशतका दरले हुन आउने रकम ४५ लाख ३६ हजार १७५ रुपैयाँ नगद लाभांश वापत (वोनस शेयरको कर प्रयोजनको लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी हाल कायम चुक्ता पुँजी ४५ करोड ३६ लाख १७ हजार ५ सय रुपैयाँको १९ प्रतिशतले हुन आउने ८ करोड ६१ लाख ८७ हजार ३२५ रुपैयाँं बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]