December 31st, 2020

चार वित्तीय संस्थामा रोजगारीको अवसर, आजै दिनुहोस् आवेदन

बैंकिङ खबर । चार वटा वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कर्मचारी माग गर्ने संस्थामा एक इन्स्योरेन्स रहेको छ भने तीन वटा लघुवित्त वित्तीय संस्था रहेका छन् ।

सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । संस्थाले शाखा प्रबन्धक, कनिष्ठ सहायक लगायतको पदमा कर्मचारी आह्वान गरेको हो । संस्थाले आफ्नो विभिन्न शाखा कार्यालय र निकट भविष्यमा स्थापना हुने शाखाका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

 

सानिमा लाइफ इन्स्योरेन्स शाखा तथा उपशाखा कार्यालयहरुका लागि शाखा प्रबन्धक तथा मार्केटिङ अफिसरका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरीकले पुस २५ गतेभित्र आवेदन दिन सक्नेछन् ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक प्रबन्धक, कनिष्ठ अधिकृत, सुपरभाइजर, बरिष्ठ सहायक र सहायक प्रशिक्षार्थीको लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरीकले पुस २८ गतेभित्र आवेदन दिन सक्नेछन् ।

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक प्रबन्धक, कनिष्ठ अधिकृत, सुपरभाइजर, बरिष्ठ सहायक र सहायक प्रशिक्षार्थीको लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरीकले पुस २८ गतेभित्र आवेदन दिन सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]