
बैंकिङ खबर । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रवन्ध सञ्चालकमा डोलिन्द्रप्रसाद शर्मा नियुक्त गरेको छ । संस्थाको सञ्चालक समितिको पुस १३ गते सोमबार बसेको बैठकले शर्मालाई प्रवन्ध सञ्चालकमा नियुक्त गरेको हो । बुधबार पुस १५ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि नियुक्त शर्माले हिजो मंगलबार संस्थामा आयोजित एक कार्यक्रम बीच पदभार ग्रहण गरेका हुन् ।
संस्थाका अध्यक्ष वरिष्ठ अधिवक्त पद्मनाथ शर्माले नवनियुक्त प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्मालाई पद तथा गोपनीयताको शपथ गराए थिए । कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले संस्थाले एक अव्वल, केही गरेर देखाउछु भन्ने व्यक्तिलाई प्रवन्ध सञ्चालकको रुपमा पाएको बताए । पद तथा गोपनियताको सपथ ग्रहण पश्चात प्रवन्ध सञ्चालक शर्माले वित्तीय संस्थालाई नेपालको एक उत्कृष्ट लघुवित्त संस्था बनाउन आफ्नो ध्यान केन्द्रित रहने प्रतिवद्धता व्यक्त गरे । उक्त कार्यक्रममा बागलुङ क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल, संस्थाका सञ्चालक अमृतप्रसाद उपाध्याय, ओमप्रकाश पौडेल, स्वतन्त्र सञ्चालक अनिलकुमार झा लगाएतको उपस्थिती रहेको थियो ।





