
बैंकिङ खबर । समृद्धि फाइनान्समा कर्मचारीको माग भएको छ । संस्थाले काठमाडौं कार्य क्षेत्रका लागि केही बिजनेस डेभलपमेन्ट अफिसरको माग गरेको हो । हेटौडामा केन्द्रीय कार्यालय रहेको फाइनान्सले राम्रो कम्युनिकेसन स्किल भएका दक्ष र योग्य कर्मचारीको आवश्यक्ता परेको जनाएको छ । राम्रो लिडरसिप स्किल भएका इच्छुक उम्मेदवारले पुस १३ गते भित्र आफ्नो व्यक्तिगत विवरण, पासपोर्ट साइजको फोटो, शैक्षिक प्रमाणपत्र पठाउनुपर्ने संस्थाले जनाएको छ ।
