Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

मिर्मिरे लघुवित्तमा रोजगारीको अवसर, अनलाइनबाटै आवेदन दिन सकिने

२०७७ पुष ८ गते

बैंकिङ खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ । लघुवित्तको कार्यक्षेत्र विस्तार भएसँगै नयाँ तथा पुराना शाखामा रिक्त दरबन्दीमा पदपूर्ति गर्नुपर्ने भएकोले संस्थालाई ग्रामीण क्षेत्रमा रहेका विपन्नवर्गसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्न योग्य, सक्षम र इच्छुक जनशक्तिको आवश्यक्ता परेको जनाएको छ । संस्थाले विभागिय प्रमुखका लागि केही, कार्यालय प्रमुखका लागि केही र फिल्ड सहायकका लागि केही कर्मचारीको माग गरेको छ । इच्छुक नेपाली नागरिकहरुले विज्ञापन प्रकाशित भएको मिति ९२०७७र०९र०५गते० देखि १५ दिन भित्रमा संस्थाको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकको ठेगाना वा इमेल ठेगाना hr.mirmire@outlook.com मा कार्यालय समयभित्र आइपुग्नेगरी दरखास्त दिन सक्ने छन् ।