Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चार वर्षदेखि लागु हुन नसकेको ब्याजदर करिडोर आजबाट 

admin २०७३ श्रावण २६ गते
सेयर:

monetary-police_HSkgn8Nnraनेपाल राष्ट्र बैंकले बुधबार (आज)बाट ‘ब्याज दर करिडोर’ लागू गर्ने भएको छ । चालु वर्षको मौद्रिक नीतिका आधारमा केन्द्रीय बैंकले यो व्यवस्था लागु गर्न लागिएको हो । चार बर्षअघि पनि मौद्रिक नीतिमा यस्तो व्यवस्थ घोषणा भएपनि कार्यान्वयन हुन सकेको थिएन । बुधबारबाट यो व्यवस्था लागु भएपछि यसअघि बैंक तथा वित्तीय संस्थाहरुले आफैले कोट गर्दै आएका ब्याजदर राष्ट्र बैंकले नै निर्धारण गर्नेछ । 

 राष्ट्र बैंकले करिडोरको सुत्र अनुसार दुई दिन अघिको अन्तरबैंक ब्याज दरमा ०.१० बिन्दु घटाएर करिडोरका लागि जारी गरिने उपकरणको ब्याज दर निर्धारण गर्नेछ । बजारमा रहेको अधिक तरलतालाई ब्याज दर करिडोरको सुत्र अनुसार खिचेर कार्यान्वयन गर्न लागिएको राष्ट्र बैकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए । ‘बजारमा अहिले २५ अर्ब रुपैयाँको तरलता छ’, डेपुटी गभर्नर शिवाकोटीले बुधबार बैंकिङ खबरसंग भने,  ‘त्यसलाइ ब्याजदर करिडोरको सुत्रअनुसार खिचेर कार्यान्वयन गर्न लागिएको हो ।’ 

यसैबीच नेपाली राष्ट्र बैंकले करिडोर लागु गर्न बुधबारै दुई हप्ताका लागि तरलता संकलन उपकरण जारी गर्ने तयारी गरेको छ । राष्ट्र बैंककाअनुसार अहिले बजारमा रहेको २५ अर्ब रुपैयाँ अधिक तरलता रहेकोमा २० अर्ब रुपैयाँ बराबरको उपकरण जारी गर्न लागिएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।