
बैंकिङ खबर । बिभिन्न बैंक वित्तहरुमा रोजगारीको लागि सूचनाहरु प्रकाशित भएका छन् ।
नेपाल राष्ट्र बैंकमा कर्मचारीको माग गरीएको छ । बैंकले असिस्टेन्ट डीरेक्टर तथा असिस्टेन्टहरुको माग गरेको हो । यी सबै पदहरूको लिखित परीक्षा लोक सेवा आयोगबाट लिइने र परीक्षा केन्द्र काठमाडौं उपत्यका भित्र रहने केन्द्रीय बैंकले जनाएको छ । यस्तै, दरखास्त फाराम भर्दा कुनै समस्या आएमा कार्यालय समयभित्र कार्यालयको Direct Telephone Line: 014441036 वा एक्सटेन्सन लाईन रहेका नम्बरहरु 014419804-07 बाट एक्सटेन्सन नम्बर १३८ वा १४६ मा सम्पर्क गर्न सकिने समेत बैंकले उल्लेख गरेको छ ।
हेर्नुहोस् सूचना :

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ । बैंकले सिनियर अफिसर, सिनियर अफिसर आइटी, अफिसर, जुनियर अफिसर, सुपर भाइजर, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जुनियर असिस्टेन्ट र गोल्ड टेस्टरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका आवेदकले विज्ञापन प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिइसक्नुपर्ने छ । विज्ञापन गत मंसिर २५ गते प्रकाशन भएको थियो ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा प्रमुख, उपशाखा प्रमुख र सेल्स एक्जुकेटिभ पदका लागि कर्मचारीको माग गरेको सूचनामा उल्लेख छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले पुष ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । उक्त संस्थाले वरिष्ठ अधिकृत (सिए) र अधिकृत तृतीय श्रेणीका लागि करारमा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिले १५ दिन भित्रमा आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।
