
बैंकिङ खबर । स्वदेशी लघुवित्तले सिराहमा गरिब तथा विपन्न समुदायका १ सय ५० परिवारलाई कम्बल वितरण गरेको छ । सोमबार लघुवित्तले सिराहाको सुखीपुरका विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो ।
लघुवित्तले सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित अस्पताल चौकमा कार्यक्रम गरी स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय सुखीपरले VG Foundation को सहकार्यमा गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको हो ।
तराई मधेशमा केही दिन यता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा संस्थाले कम्बल वितरण गरेको हो । उक्त कार्यक्रमका सुखीपुर नगरपालिकाभरीका १ सय ३० जनालाई र गोलबजार नगरपालिकाको वडा नम्बर १३ का २० जना विपन्नलाई वितरण गरिएको छ । चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारको तथ्यांक संकलन गरेर न्यानो कपडा वितरण गरेको लघुवित्तले जनाएको छ।


