Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेपाल एग्रोले भव्यताका साथ सम्पन्न गर्याे कर्मचारीहरुको क्षमता अभिवृद्धी तालिम

२०७७ मंसिर २१ गते

बैंकिङ खबर । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले कर्मचारीको क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाले पाल्पाको तान्सेनमा शुक्रबार र शनिबार दोस्रो क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको जनाएको छ । संस्थाको केन्द्रीय कार्यालय कास्कीको आयोजनामा गण्डकी र लुम्बिनी प्रदेश अन्तरगतका शाखा कार्यालयहरुको तालिम सम्पन्न भएको हो । तालिममा १० शाखाका ३५ जनाकर्मचारीहरु सहभागी रहेका थिए । तालिमको उद्घाटन गर्दै संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले कार्यक्रमको उदेश्यबारे प्रष्ट पार्दै संस्थाले  आ.व.२०७७/०७८ को प्रथम त्रैयमासको प्रतिवेदनमा खुदनाफा रु.६१ लाख ५८ हजार रहेको तथा प्रति शेयर आम्दानी रु.४३।०४ गर्न सफलभई लघुवित्त क्षेत्रमा अव्वल श्रेणीमा रहन सफल भएकोमा कर्मचारीहरुलाई धन्यवाद दिदैं हालसम्म २१ हजार २ सय घरपरिवारलाई प्रत्यक्ष सेवा प्रदान गर्दै ८१ करोड ३० लाख कर्जा उपलब्ध गराएको बताए । प्रथम चरणको कार्यक्रम प्रदेश नं. ५ र ६ अन्तरगतका शाखा कार्यलयहरुको मिति मंसिर १२ र १३ गते होटल सिटी प्लाजा घोराही दाङमा संचालन भएको थियो । कार्यक्रम संचालन जनशक्ति व्यवस्थापन विभागका विभागीय प्रमुख भिमसेन माझीले गरेका थिए ।