Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सेयरधनीलाई लाभांश धोषणा

२०७७ मंसिर १९ गते

बैंकिङ खबर । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीलाई लाभांश धोषणा गरेको छ । फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको संचालक समितिको २९६ बैंठकले सेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल चुक्ता पुँजी ८२ करोड ९० लाख ३५ हजारमा १०.५३ प्रतिशत हुन आउने ८ करोड ७२ लाख ९७ हजार मध्येमा ७.३७ प्रतिशत बोनर सेयर र ३.१६ नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि कम्पनीका सेयरधनीले लाधांश पाउनेछन् ।