Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

विभिन्न बैंक वित्तमा ठुलो संख्यामा रोजगारीको अवसर, छानी छानी दिनुहोस् आवेदन

२०७७ मंसिर १४ गते

बैंकिङ खबर । बिभिन्न बैंक वित्तहरुमा रोजगारीको लागि सूचनाहरु प्रकाशित भएका छन् । एक्सेल डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ । विर्तामोड झापामा केन्द्रीय कार्यालय रहेको बैंकले केहि जुनियर अफीसर, असिस्टेन्ट र ट्रेनी असिस्टेन्टको माग गरेको छ । इच्छुक उम्मेदवारले मंसिर २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

महालक्ष्मी लाइफ इन्स्योरेन्समा कर्मचारी आवश्यक्ता भएको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि ३ जना कर्मचारीको माग गरेको छ । कम्पनीका अनुसार बनेपा, मन्थली र वालिङ शाखा कार्यालयका लागि कर्मचारीको माग गरीएको हो । योग्यता पुगेका कर्मचारीले मङसिर १५ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाइएको छ ।

यस्तै, ज्योति विकास बैंकमा पनि विभिन्न पदमा रोजगारी खुलेको छ । बैंकले मानव संसोधन (एच आर डिपार्ट), ब्रान्च म्यानेजर, क्रेडिट अफीसर, रीलेसनसिप म्यानेजर जस्ता पोस्टका लागि आवेदन खुलाएको हो । इच्छुक उम्मेदवारले मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यता, सांग्रिला डेभलपमेन्ट बैंकले पनि जुनियर अफीसर, अफीसर, सिनियर अफिसर, सुपरभाइजर जस्ता पदमा रोजगारी खुलाएको छ । यस बैंकमा आवेदन दिन चाहने इच्छुक उम्मेदवारले मंसिर २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Vacancy Details


Job Code SADBL-077-78-02
Job Title Corporate Credit RM
Position Jr. Officer,Officer,Sr. Officer
Location Baluwatar Branch- Kathmandu
Education Minimum Bachelor’s Degree
Experience Minimum 5 Years banking experience in credit department with ability to handle Project Financing, Consortium Loan and Financial Analysis
Age

Below 40 years

 


Job Code SADBL-077-78-03
Job Title Retail RM
Position Supervisor,Jr. Officer,Officer
Location Few Branches inside Kathmandu Valley
Education Minimum Bachelor’s Degree
Experience Minimum 3 Years banking experience in core credit department with ability to handle retail credit and having sound knowledge of Financial Analysis
Age Supervisor: Below 35 years Officer Level: Below 40 years