Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वरोजगार लघुवित्तको शेयरधनीहरूलाई १३ प्रतिशत लाभांश घोषणा

२०७७ मंसिर १४ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश घोषणा गरिएको छ । संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १३.२७३ प्रतिशत बोनस शेयर र ०.६९८५७८९ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १३.९७१ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।